खाेज्नुहाेस

बैतडीमा जंगलबाट भरुवा बन्दुक बरामद

Image
file photo
navjiwan hospital

बैतडी – बैतडीमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । पाटन नगरपालिका–७ खालीस्थित जंगलबाट एकनाले भरुवा बन्दुक शुक्रबार बिहान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट बयलचौरबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक बरामद गरेको हो । यसका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital