काठमाडौं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जितको खाता खोलेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । योसँगै टोलीले तालिकामा दुई अंक जोड्यो ।

दुवै संस्करणको उपविजेता रहेको यो टोलीले प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग सात विकेटको हार व्यहोरेको थियो ।


















