खाेज्नुहाेस

कैलालीमा चोरीका ५ मोबाइल सहित २ जना पक्राउ

Image

अत्तरिया – कैलालीको टीकापुरमा मोबाइल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विभिन्न समयमा टीकापुर क्षेत्रका विभिन्न स्थानबाट मोबाइल चोरी भएका घटनाको अनुसन्धानका क्रममा ५ मोबाइल सहित २ जना पक्राउ परेका हुन ।

navjiwan hospital

प्रहरीका अनुसार मोबाइल चोरी भएपछि सम्बन्धित व्यक्तिहरूले प्रहरीमा दिएका निवेदनका आधारमा अनुसन्धान गर्दा टीकापुर नगरपालिका–१ एकतानगरका २४ वर्षीय अमित तिमिल्सिना र सोही ठाउँका १९ वर्षीय धिरेन्द्र शाही पक्राउ परेका छन ।

attariya hospital

बरामद मोबाइल सम्बन्धित धनीलाई बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।