अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरिया वनदेवी टोलको एक घरमा चोरी भएको छ ।

दसैँ मनाउन पहाड गएको मौका छोपेर हरि मोहन भट्टको घरबाट ६ तोला सुन, २ तोला चाँदी र गुल्लकहरुमा बचत गरेर राखेको करिब डेढ लाख चोरी भएको हो ।
घरधनी भट्टले आफूहरू दसैँको लागि असोज २५ गते नै पहाड घर बैतडी गएको र कार्तिक ५ गते घरमा फर्किएको बताए । उनले आफू पहाड गएको बेला घरमा चोरी भएको बताए ।

घरमा आउँदा चोरी भएको थाहा पाएपछि वरपर बुझ्दा ३१ गते राती घरमा शङ्कास्पद गतिविधि भएको छिमेकले बताएकाले सोही दिन चोरी भएको हुन सक्ने आशङ्का गरेको उनले बताए ।

उनले घटनाको बारेमा असोज ५ गते नै इलाका प्रहरी कार्यालय मालाखेतीमा पनि रिपोर्ट गरिसकेको बताए । उनले चोरी भने अझै फेला नपरेको बताए ।


















