बैतडी– बैतडीको पाटन नगरपालिका– १० का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा कमिटी अध्यक्ष देव दत्त पन्तले पार्टी परित्यागको घोषणा गरेका छन् । पन्तले शुक्रबार सामाजिक सञ्जालमा विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्याग गरेको घोषणा गरेका हुन् ।

विगत २१ वर्षदेखि निरन्तर पार्टीमा सक्रिय रहँदै आएको बताएका पन्तले पार्टीभित्र बढ्दै गएको बेथिति, घुसखोरी र कमिसनखोरीप्रति आपत्ति जनाउँदै पार्टी परित्याग गरेको बताएका छन् । सामाजिक संवालमा पार्टीका अगुवा कार्यकर्ताहरूमा चरम लापरवाही, सेटिङ र कुसंस्कार हाबी भएको र यस्ता गलत प्रवृत्तिले देश विकासमा अवरोध पु-याउने भएकाले पार्टीमा बसिरहन नसकिएको पन्तले उल्लेख गरेका छन् ।

‘मैले दुई दशकभन्दा बढी समय आफ्नो क्षमता, समय र श्रमले भ्याएसम्म पार्टीको नीति, सिद्धान्त र संगठनका लागि योगदान गरेँ,’ पन्तले विज्ञप्तिमा भनेका छन्, ‘तर पार्टीभित्रका कुरीति र बेथितिलाई आत्मसात् गर्न नसकिने र मेरो व्यक्तिगत विचार तथा राजनीतिक मान्यता अनुसार अघि बढ्न नसकिने निष्कर्षमा पुगेर यो निर्णय लिएको हुँ ।’
पन्तले आफ्नो लामो राजनीतिक यात्राका क्रममा साथ र सहयोग पु¥याउने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेका छन् । पार्टी छाडे पनि आगामी दिनमा जनताको हकहित, सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा क्षमता अनुसार निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।

















