खाेज्नुहाेस

कैलालीमा लागुऔषध मुद्दामा एक महिना कैद तोकिएका फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – कैलालीमा लागुऔषध मुद्दामा एक महिना कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।

navjiwan hospital

जिल्ला अदालत कैलालीबाट लागुऔषध मुद्दामा एक महिना कैद सजाय तोकिएका टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका २६ वर्षीय श्यामु चौधरी भन्ने श्यामु थारु पक्राउ परेका हुन्।

attariya hospital

फैसला कार्यान्वयनको सिलसिलामा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थारुलाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।