खाेज्नुहाेस

कृष्णपुरमा नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षारोपण

Image

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नदी कटान रोक्न तटिय क्षेत्रमा वृक्षारोपण गरिएको छ । नगरपालिकाको वडा नं. २ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटिय क्षेत्रमा विरुवा रोपिएका हुन् ।

डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो । मछेली सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महताले नदीको बगरमा विभिन्न प्रजातिका ६ हजार बोट बिरुवा वृक्षारोपण गरिएको बताए ।

attariya hospital
navjiwan hospital

उनका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुरको एक लाख, जनहित महाकाली वन उपभोक्ता समितिबाट दुई लाख, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्ल्यूए) बाट दुई लाख पच्चिस हजार र समुदायको ४३ हजार जनश्रमदान सहयोगबाट करिब १० बिघा क्षेत्रफलमा वृक्षरोपण गरिएको हो ।
अध्यक्ष महताले संरक्षण गरिएको नदी बगरको घाँस बिक्री गर्ने र त्यसकै आम्दानीबाट बोट बिरुवाको संरक्षणमा खर्च गरिने बताए । उनका अनुसार एक भारी घाँस रु. १० मा बिक्री गर्ने गरिएको छ । त्यसैगरी अठन्नीफाँटाका किसानले पनि बन्द नदीको कटान रोक्न बन्दा नदी बगरमा दुई हजार बोटबिरुवा वृक्षारोपण गरेका छन् ।

विसं २०४६ मा आएको बाढीले यहाँका चार घर विस्थापित भएका थिए । त्यसयता पनि नदीले हरेक वर्ष खेतीयोग्य जमिन कटान गरेपछि यहाँबाट धेरै मानिसहरु विस्थापित भएको यहाँका स्थानीय गणेशबहादुर बोहराले बताए ।

उनका अनुसार वडा कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ समुदायको जनश्रमदान गरी ६ लाख ५३ हजारमा २ हजार बोट बिरुवा वृक्षारोपण र संरक्षणका लागि तारबार गरिएको छ । स्थानीयहरुले जनश्रमदानमै नदीमा जैविक तटबन्ध समेत निर्माण गरेका छन् । वृक्षरोपणले बस्ती सुरक्षित भएको यहाँका स्थानीय कलावती महराले बताए । उनका अनुसार नदी बगरमा बाँस, आँप र लिची गरेर विभिन्न प्रकारका ६ हजार बोट वृक्षारोपण गरिएको छ ।