खाेज्नुहाेस

बाजुरामा अटो पल्टिदा तीन जना घाईते

Image

बाजुरा – बाजुरामा अटो पल्टिदा तीन जना घाईते भएका छन् । घाईते हुनेमा त्रिवेणी नगरपालिका –९ नुवाकोट बस्ने वर्ष अन्दाजी २७ का सुरेन्द्रबहादुर थापा वर्ष २८ की अस्मिता थापा र उनकी १० वर्षीय छोरा डल्लु थापा रहेका छन् ।

navjiwan hospital

घाईते भएकाहरुको हात खुट्टा घाँटी र टाउँकोमा सामान्य चोट लागेको छ । उपचारका लागि अहिले तीनै जनालाई जिल्ला अस्पताल मार्तडीमा लगिएको छ ।

attariya hospital

बुढीगङ्गा –७ झाली बस्ने वर्ष १९ का जिवन भण्डारीले चलाएको सु.प.प्र.०१–००१ ह ८९७४ नं. अटो आज दिउँसो ३:१५ बजे बुढीगङ्गा नगरपालिका –७ बार्जुगाड स्थित पक्की पुलको मोडमा दुर्घटना भएको थियो ।

अटोमा घाईते भएकाहरुलाई उपचारको लागि जिल्ला अस्पताल मार्तडी पठाएको र अटो चालक भण्डारीलाई भने प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।