खाेज्नुहाेस

सहारा र शैलेश्वरीका विद्यार्थीलाई स्वागतसंगै शुभकामना आदानप्रदान

Image

धनगढी – सहारा होटल म्यानेजमेन्ट एन्ड हस्पिटालिटी र शैलेश्वरी प्लस टू धनगढीका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गरिएको छ । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजित स्वागत तथा शुभकामना कार्यक्रम बर्दियाको ठाकुरद्वारास्थित बर्दिया टाइगर रिसोर्टमा सम्पन्न भएको हो ।

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई नेपालगञ्जस्थित पाँचतारे होटल कल्पतरुको अवलोकन गराइएको थियो। त्यसपछि विद्यार्थीहरू बर्दियाको ठाकुरद्वारा पुगेका थिए । होटल तथा रिसोर्टको अवलोकनमार्फत विद्यार्थीलाई होटल व्यवस्थापन, आतिथ्य सत्कार र पर्यटन क्षेत्रको कार्यशैलीबारे जानकारी लिने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ ।

attariya hospital
navjiwan hospital

कमलराज पनेरूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य डम्मरी महरा प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐर विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा धनगढी उपमहानगरपालिका–२ का वडा सदस्य केशवराज पन्त, शैलेश्वरी इङ्लिस बोर्डिङ स्कुलका म्यानेजिङ डाइरेक्टर तथा प्रिन्सिपल जगन्नाथ जोरा, कैलाली मोडल स्कुलका म्यानेजिङ डाइरेक्टर तथा प्रिन्सिपल तपेन्द्रबहादुर सिंह, ध्रुवपाल पुस्तक पसलका म्यानेजिङ डाइरेक्टर तथा नेपाली कांग्रेसका युवा नेता भीम पडाल र महर्षि आयुर्वेदका डा. हेमराज पन्तलगायतको उपस्थिति रहेको थियो ।

विद्यार्थीलाई नयाँ ठाउँको अवलोकन गराउने, पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रका सम्भावनाबारे जानकारी दिने र व्यावहारिक सीप विकासमा प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको हो । नेपालगञ्जको पाँचतारे होटलदेखि बर्दियाको पर्यटकीय वातावरणसम्मको भ्रमणले विद्यार्थीलाई अध्ययनसँगै वास्तविक कार्यक्षेत्रको अनुभव लिन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रमको अन्त्यमा आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, शिक्षक, कर्मचारी तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकमा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेको थियो। सहारा होटल म्यानेजमेन्ट एन्ड हस्पिटालिटीले ‘जय शिक्षा, जय सीप, जय भविष्य’ भन्ने नारासहित विद्यार्थीको ज्ञान, सीप र व्यावहारिक अनुभव अभिवृद्धिमा जोड दिएको जनाएको छ ।