खाेज्नुहाेस

अत्तरियामा प्रदेशस्तरीय छात्र र पालिका स्तरीय छात्रा भलिबल प्रतियोगिता हुने

Image

अत्तरिया – कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेशस्तरीय छात्र तथा गोदावरी नगरपालिका स्तरीय छात्रा यु–१९ भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविले प्रतियोगिता आयोजना गर्न लागेको हो । विद्यालयले शुक्रवार पत्रकार सम्मेलन आयोजना गरेर कार्तिक १४ गते देखि प्रतियोगिता आयोजना गरिने जानकारी दिएको छ ।

प्रतियोगिताका संयोजक शिक्षक सुरेश सिंह धामीले प्रतियोगिता दसैँ–तिहार बिचको विद्यार्थीहरूको खाली समय सृजनशील काममा लगाउने उद्देश्यले आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका १९ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी सहभागी हुन पाउने बताए ।

attariya hospital

प्रतियोगितामा प्रदेश स्तरीय छात्र तर्फको प्रथम पुरस्कार १ लाख ५१ हजार १११, द्धितिय पुरस्कार ७५ हजार १११ र तृतीय पुरस्कार ३२ हजार ११ सँगै मेडल प्रमाणपत्र रहेको खेल संयोजक धामीले बताए ।
यस्तै गोदावरी नगर स्तरीय छात्रा तर्फ प्रथम पुरस्कार ५१ हजार १११, द्धितिय पुरस्कार २५ हजार १११ र तृतीय पुरस्कार १२ हजार १११ रहने उनले बताए । यस्तै प्रतियोगितामा छात्र छात्रा तर्फ उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरस्कार दिइने जनाइएको छ ।

navjiwan hospital

प्रतियोगितामा सहभागिताका लागि दुर्गालक्ष्मी नमुना माविको वेबसाइटबाट सबै विवरण हेरेर फारम पनि त्यहीबाट डाउनलोड गरेर इमेलमा मार्फत पठाउन सकिने जनाइएको छ । प्रतियोगितामा सहभागिताका लागि छात्रा तर्फ ७ हजार र छात्रा तर्फ ३ हजार तोकिएको छ । प्रतियोगिता दुर्गालक्ष्मी नमुना माविको खेल मैदानमै हुने छ ।

विद्यालयका प्रधानाध्यापक वीर सिंह महताले विद्यालयले आयोजना गर्ने विभिन्न क्रियाकलाप मध्ये भलिबल प्रतियोगिता एक ठुलो क्रियाकलाप भएको बताए । उनले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगिताको डकोमेन्टेसनको सम्पूर्ण तयारी पुरा भएको बताए ।

उनले प्रतियोगितामा टिमको सहभागिताका आधारमा कति दिन सम्म सञ्चालन हुन टुङ्गो लाग्ने बताए । प्रतियोगितामा ५० टिम सहभागि हुने अपेक्षा लिइएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराईले सुदूरपश्चिम कै ठुलो शैक्षिक संस्था भएको हिसाबले प्रदेश भरी दुर्गालक्ष्मी नमूना माविका गतिविधि जाउन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले दुर्गालक्ष्मी नमुना माविले पछिल्लो समय खेलकुदका गतिविधि बढाउँदै लगेकाले त्यसैको निरन्तरता स्वरूप प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘पछिल्लो समय हामीले खेल प्रशिक्षक नै राखेर खेलकुदका गतिविधि अघि बढाएका छौ’ उनले भने ‘अब यो मेसिजलाई अभिभावक सम्मै पुगाउनका लागि प्रतियोगिता आयोजना गरिन लागेको हो ।’ उनले प्रतियोगिताले विद्यार्थीको शैक्षिक विकास सँग सँगै शारीरिक र मानसिक विकासमा टेवा पुग्ने बताए ।

प्रतियोगिताका मार्फत विद्यालय स्तरबाटै खेलकुदको विकास हुनुपर्छ भन्ने सन्देश दिनु पनि रहेको उनले बताए । ‘भलिबल हाम्रो राष्ट्रिय खेलकुद पनि हो । यसको विद्यालय स्तरबाटै उजागर सँगै यसको संरक्षण होस भनेर हामीले भलिबललाई जोडेका हौ’ उनले भने ‘यो प्रतियोगिता सम्पन्न गर्नको लागि प्रायोजक सँगै आन्तरिक श्रोत पनि खर्च गरिने छ ।’