खाेज्नुहाेस

शैक्षिक उन्नयनका लागि प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच सहकार्य

Image

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबिच शैक्षिक उन्नयन तथा समग्र शैक्षिक विकासका लागि प्रभावकारी समन्वय र सहकार्य गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. किसनदत्त भट्टबिच प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सहकार्य र समन्वय अभिवृद्धि गर्ने विषयमा आइतबार छलफल भएको हो ।

navjiwan hospital

भेटघाटका क्रममा प्रदेश सरकार र विश्वविद्यालयबीच आपसी सहकार्य, समन्वय तथा सहयोगका विविध विषयमा छलफल भएको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नविन बमले जानकारी दिए । सुदूरपश्चिम प्रदेशको शैक्षिक विकासमा विश्वविद्यालयको भूमिकालाई थप प्रभावकारी बनाउने, प्रदेश सरकार र विश्वविद्यालयबीच शैक्षिक, प्रशासनिक तथा संस्थागत सहयोग आदानप्रदान गर्ने तथा प्रदेशको समग्र विकासमा विश्वविद्यालयको ज्ञान, जनशक्ति र अनुसन्धान क्षमतालाई उपयोग गर्ने विषयमा छलफल भएको सुचना अधिकारी बमले बताए ।

attariya hospital

‘प्रदेश सरकार र विश्वविद्यालयबीच विद्यमान सम्बन्धलाई थप सुदृढ गर्दै शिक्षा, अनुसन्धान, मानव संसाधन विकास तथा अन्य साझा क्षेत्रमा सहकार्यका सम्भावनालाई विस्तार गरिनेछ’, उनले भने ।