खाेज्नुहाेस

सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरा मेडिकल कलेजका लागि माग्यो ९ जना जनशक्ति

Image

डडेल्धुरा – सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत डडेल्धुरा मेडिकल कलेजले विभिन्न शैक्षिक पदमा ९ जना जनशक्ति माग गरेको छ ।

navjiwan hospital

सङ्कायले करार सेवामा पदपूर्तिका लागि सह–प्राध्यापक, उपप्राध्यापक र प्रशिक्षक पदमा आवेदन आह्वान गरेको हो । माग गरिएका पदमा फार्माकोलोजी, माइक्रोबायोलोजी, फिजियोलोजी, बायोकेमिस्ट्री, एनाटोमी, पब्लिक हेल्थ, नर्सिङ साइन्स र ल्याबोरेटरी विषय रहेका छन् ।

attariya hospital

सूचनाअनुसार फार्माकोलोजी, माइक्रोबायोलोजी र फिजियोलोजीमा एक–एक जना सह–प्राध्यापक तथा माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, एनाटोमी र पब्लिक हेल्थमा एक–एक जना उपप्राध्यापक माग गरिएको छ । यस्तै नर्सिङ साइन्स र ल्याबोरेटरी विषयमा एक–एक जना प्रशिक्षक आवश्यक रहेको विश्वविद्यालयले जनाएको छ ।
योग्यता पुगेका नेपाली नागरिकले २०८३ साल भदौ १२ गतेसम्म स्वास्थ्य विज्ञान सङ्कायमा स्वयं उपस्थित भएर वा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन फाराम सङ्कायको वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

छनोट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्तामार्फत हुने जनाइएको छ । परीक्षा दस्तुर रु. १ हजार ५०० तोकिएको छ । लिखित परीक्षाको मिति पछि प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ।