खाेज्नुहाेस

जन्मोत्सवमा खड्काद्वारा बिध्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण

Image
Oplus_131072

अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिका–६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

जन्मोत्सवका अवसरमा हुने फजुल खर्चलाई निरुत्साहित गर्दै खड्काले वडाका तीन वटा विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरेका हुन्।

attariya hospital
navjiwan hospital

उनले गौरीगंगा नगरपालिका-६ स्थित अमर माध्यमिक विद्यालय बनबेहडा, भैरव आधारभूत विद्यालय मोया र आनन्द आधारभूत विद्यालय दैदुवारीका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए।

जन्मदिनलाई व्यक्तिगत खुसीमा मात्र सीमित नराखी सामाजिक सेवामार्फत मनाउने उद्देश्यले विद्यार्थीलाई सहयोग गरिएको खड्काले बताए। आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सानो भए पनि सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको उनको भनाइ छ।

खड्काले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै समुदाय र विद्यार्थीको हितमा सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।