खाेज्नुहाेस

कञ्चनपुरका पालिकामा आज सार्वजनिक बिदा

कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका, लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो ।

navjiwan hospital

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा मनाइने महत्वपूर्ण चाड गौराको अवसरमा स्थानीय बिदा दिएको बताए ।

attariya hospital

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि आज पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिए ।