बेलौरी – कञ्चनपुरको दोधराचादनीका पत्रकार पप्पु गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान उनकै निवासबाट प्रहरीले प्रहरी पक्राउ गरेको हो ।

गुरुङलाई विद्युततिय कारोबार अन्तरगत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक बहादुर रावतले जानकारी दिए । उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिला प्रहरी कार्यालयमा ल्याइ थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

पत्रकार गुरुङले केही दिन अघि आफ्नो पप्पु कालापानी फेसबुक प्रोफाइलमा ‘डिएसपी/एसपी सा’व ! दोधारा–चाँदनी सिमानाबाट मध्यरातमा सेटिङमा ब्राउन सुगर भित्र्याउने काम बन्द गर्नुस्।’ भनेर लेखेका थिए । तर स्ट्याटस भने उनले हटाइसकेका थिए ।
पत्रकार गुरुङ दोधराचादनी क्षेत्रका वरिष्ठका पत्रकारका रुपमा चिनिन्छ्न ।


















