
बैतडी – बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार डिलाशैनी गाउँपालिका–४ नुवाकोट,तडीबटाकी ३० बर्षीया भागरथी सार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।
वडा अध्यक्ष हरिदत्त पन्तका अनुसार घर नजिकैको बीरापौड भन्ने भीरमा घाँस काट्न गएकी सार्कीको लडेर घटनास्थलमै मृत्यु भएको थियो । उनी भीरबाट करीब ३ सय मिटर तल खसेकी थिइन् ।




















