अत्तरिया– कैलालीको धनगढीमा स्माईल किड्स स्टोर सञ्चालनमा आएको छ । अत्तरियाकी व्यवसायी ज्योती ओझा पाण्डेयले शुक्रबार देखी धनगढीमा सो व्यवसाय सञ्चालनमा ल्याएकी हुन् ।
शुक्रबार धनगढीस्थित नवजिवन अस्पताल प्रा.लि.मा कार्यरत नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. सतिश कुमार शर्माले स्टोरको उद्घाटन गरे ।


विगत लामो समयदेखी अत्तरियामा व्यवसाय सञ्चालन गर्दै आईरहेकी पाण्डेयले व्यवसायीक शहर धनगढीबाट करिब १५ लाखको लगानीबाट सेवा सुरु गरेको जानकारी दिईन । उनले आफूले नवजात शिशु देखी बालबालिका तथा गर्भवती र सुत्केरी महिलाहरुका सबै सामान पाईने गरी व्यवस्थीत रुपमा व्यवसाय सुरु गरेको बताईन । उनले बालबालिका र सुत्केरी महिलाहरुका लागि सर्वसुलभ रुपमा विभिन्न सामानहरु स्माईल किड्स स्टोरमा प्राप्त हुने बताईन ।
कैलाली उद्योग वाणिज्य संघका सल्लाहकार शिव कुमार फुलाराले धनगढीमा व्यवसाय सुरु भएको भन्दै खुसी व्यक्त गरे । उनले विदेश जानुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचेर एउटा महिलाले धनगढीमा व्यवसाय सुरु गर्नुलाई उदाहरणका रुपमा पनि लिन सकिने बताए । ‘एक दुई दशक अघि यहाँ महिलाहरु व्यवसाय सञ्चालन गर्न लजाउथे, डराउथे, तर अहिले महिलाहरु व्यवसाय सञ्चालन गर्न आफै अग्रसर बनेका छन्’ उनले भने ‘आज पनि महिलाहरुले व्यवसाय चलाउने गरी सञ्चालनमा आएको यो किड्स स्टोरका कारण अन्य महिलाहरुमा पनि व्यवसाय सञ्चालन गर्ने हौसला आउनेछ भन्ने मलाई लागेको छ ।’
किड्स स्टोरको उद्घाटन गरेका डा. शर्माले व्यवसायको सफलताको शुभकामना व्यक्त गरे ।















