खाेज्नुहाेस

गोदावरीमा छाडा चौपाया व्यवस्थापनबारे गरिएको छलफल निष्कर्षविहीन

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनका लागि गरिएको छलफल निष्कर्षविहिन बनेको छ । छलफलमा छाडा चौपाया व्यवस्थापनका लागि स्थानियस्तरबाट विभिन्न सुझावहरु आएपनि ठोस रुपमा निष्कर्ष भने निस्कन सकेन ।

navjiwan hospital

छलफलमा सहभागीहरु र नगरपालिकाबिच व्यवस्थापनका लागि स्थान छनोट, आवश्यक पूर्वाधार तथा कार्ययोजनाबारे सहमति जुट्न सकेन । सामुदायिक वनका प्रतिनिधि तथा अन्य सरोकारवालासँग थप छलफल आवश्यक रहेको भन्दै भदौ ११ गते प्रदेश सांसदसहित पुनः बैठक बस्ने सहमति भएको छ ।
छाडा चौपाया व्यवस्थापनको माग गर्दै नगरपालिका पुगेका स्थानियहरुले छलफल कुनै लिखित निर्णय नगरी छलफल टुङग्याईएको भन्दै विरोध समेत गरेका थिए ।

attariya hospital

छाडा चौपाया व्यवस्थापनको माग गर्दै स्थानीयले तीन दिनअघि नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । त्यसपछि नगर प्रमुख भट्टले समस्या समाधानका लागि सर्वपक्षीय भेला बोलाएका हुन् ।