धनगढी – कैलालीमा एक जना मृत फेला परेका छन । शुक्रबार गौरीगंगा नगरपालिका–२ पुरानो चौमाला बजारस्थित खेतमा एक पुरुषको शव भेटिएको हो ।
मृतक गौरीगंगा नगरपालिका–३ भोजपुरका ४५ वर्षीय पहरू चौधरी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।