खाेज्नुहाेस

गरिमाको न्यायका लागि चौथो दिन पनि धर्ना जारी

Image

बारा – गत बुधबार बिहान ११ बजेबाट बन्द भएको वीरगञ्ज–पथलैया सडक खण्ड आज चौंथो दिन पनि ठप्प छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन बर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेण्ट टाँगेर प्रदर्शन गरिरहेका छन् ।

attariya hospital
navjiwan hospital

बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गर पनि मृतक बलिकाकी परिवारले उक्त सहमति अमान्य रहेको बताएको थियो । अहिले पनि स्थानीयले सडक धर्ना जारी राखेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरा बस्ने मनमती चौधरीकी छोरी गरिमा चौधरी साउन ३१ गतेदेखि हराइरहेकी थिइन । उनी भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन ।

बालिकाको शव फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बारा लगायतको टोलीले शव फेला परेको दुई घण्टापछि पक्राउ गरेकाे थियाे ।

प्रारम्भिक अनुसन्धानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका –२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई जबरजस्ती करणीपछि हत्या गरेको खुलेको छ । त्यसैगरी म्याजिक धनी जितपुर सिमरा-१ बस्ने बर्ष २४ को प्रोग्रेस चौधरी समेतलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।