धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार विश्वासको मत लिने भएका छन् । नेकपा संसदीय दलका नेता रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका हुन । उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन आग्रह गरेका छन ।

उनको पत्रअनुसार आज दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको बैठक बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । उनका अनुसार कार्य व्यवस्था परामर्श समिति बैठकले समेत बैठक बोलाउने निर्णय गरिसकेको छ ।

















