खाेज्नुहाेस

आजदेखि देशभरका अस्पतालमा नियमित सेवा सञ्चालन

Image

नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजदेखि देशभरका अस्पतालमा नियमित रूपमा सबै स्वास्थ्य सेवा सञ्चालनमा आएका छन्।

navjiwan hospital

सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ पाँचबुँदे सहमति भएपछि आन्दोलन अन्त्य भएको हो। सहमतिपछि नेपाल चिकित्सक संघले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको थियो।

attariya hospital

आन्दोलनका कारण मंगलबार र बुधबार देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेक ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रियालगायत अधिकांश सेवा प्रभावित भएका थिए। आन्दोलन फिर्ता भएसँगै ती सबै सेवा आजदेखि पूर्ण रूपमा सुचारु भएका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्ने विषयमा सरकार र चिकित्सक संघबीच सहमति भएपछि आन्दोलन टुंगिएको हो।