खाेज्नुहाेस

मधुमेहका बिरामीले गर्न नहुने यी गल्ती

Image

मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ । मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न सक्दैन । जसका कारण रगतमा निकै धेरै ग्लुकोज बन्छ । लापरवाहीले सुगरको मात्रा बढ्न सक्ने भएकाले मधुमेहका बिरामीलाई आफ्नो आहार र खानपानमा विशेष ख्याल दिन फिजिसियन डा. भोजराज अधिकारीको सुझाव छ ।

मधुमेहका बिरामीले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न र अन्य जटिलताबाट बच्न विभिन्न गल्ती गर्न नहुने उनी बताउँछन् । त्यस्ता गल्ती खानपान, औषधि र जीवनशैलीसँग सम्बन्धित रहेका छन् ।

attariya hospital

१. खानपानमा गरिने गल्तीहरू

navjiwan hospital
  • धेरै समय भोको बस्नु : लामो समयसम्म नखाँदा सुगरको मात्रा अचानक घट्न सक्छ ।
  • एकैपटक धेरै खाना खानु : धेरै खानाले रगतमा सुगरको मात्रा तीव्र गतिमा बढाउँछ ।
  • कृत्रिम पेय पदार्थ पिउनु : कोक, फ्यान्टा, प्याकेटको जुस जस्ता पेय पदार्थ खानु हुँदैन ।
  • उच्च ग्लाइसेमिक इन्डेक्स भएका फल खानु : धेरै कार्बोहाइड्रेट र गुलियो भएका फलफूल खानु गल्ती हो ।
  • तारेको र चिल्लो खानेकुरा खानु : समोसा, पिज्जा र बर्गर जस्ता आधुनिक खानेकुरा बार्नुपर्छ ।
  • कार्बोहाइड्रेट पूरै बन्द गर्नु : शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व पूरै छोड्नु हुँदैन ।

२. औषधि र स्वास्थ्य जाँचमा गरिने गल्तीहरू

  • औषधि खान आलटाल गर्नु : डाक्टरको सल्लाहबिना औषधि खान अल्छी गर्नु हुँदैन ।
  • आफैँ औषधि थपघट गर्नु : सुगर रिपोर्ट हेरेर आफैँ औषधिको मात्रा बदल्नु घातक हुन्छ ।
  • नियमित जाँच नगराउनु : कम्तीमा ३–३ महिनामा रगत र रक्तचाप जाँच नगराउनु गल्ती हो ।
  • लक्षण नदेखिए जाँच नगर्नु : सुगर बढेको लक्षण नदेखिए पनि भित्रभित्रै असर गरिरहेको हुन्छ ।

३. जीवनशैलीसँग सम्बन्धित गल्तीहरू

  • शारीरिक व्यायाम नगर्नु : बिहान हिँडडुल र व्यायाम नगर्दा सुगर नियन्त्रण हुँदैन ।
  • तनाव र कम निद्रा : धेरै मानसिक तनाव लिँदा र कम सुत्दा सुगरको मात्रा बिग्रिन्छ ।
  • धुम्रपान र मदिरा सेवन : यसले मुटु र मिर्गौलाको जोखिमलाई तीव्र गतिमा बढाउँछ ।
  • खुट्टाको हेरचाह नगर्नु : सामान्य चोटपटक लाग्दा पनि बेवास्ता गर्दा घाउ निको हुन गाह्रो हुन्छ ।