खाेज्नुहाेस

टीकापुर उद्यानमा एक करोड ३५ लाख राजस्व संकलन

Image

टीकापुर – कैलालीको टीकापुर नगरपालिका–५ मा रहेको टीकापुर उद्यान यस वर्ष दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन् । उद्यानबाट चालु आर्थिक वर्षमा एक करोड ३५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । यो राजस्व टीकापुर नगरपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार हो ।

navjiwan hospital

यस वर्ष आन्तरिक तथा बाह्य गरेर झन्डै दुई लाख ३० हजार पर्यटकले टीकापुर उद्यान अवलोकन गरेको उद्यानमा कार्यरत कर्मचारी विनोद चौधरीको भनाइ छ । उनका अनुसार अन्य समयको तुलनामा वर्षातको समयमा उद्यान घुम्न आउने पर्यटकको सङ्ख्या उसै पनि कम हुने गरेको छ । दसैँ सुरु भएदेखि पार्कमा पर्यटकको सङ्ख्या बढ्न थाल्छ ।

attariya hospital

टीकापुर दौलतपुरको कर्णाली नदीमा बर्दियाको राजापुर जोड्ने झुलुङ्गे पुल निर्माण भएपछि भने उद्यानमा आउने पर्यटकमा निकै कमी आएको छ । झोलुङ्गे पुल निर्माण भएसँगै टीकापुर उद्यान आउने पर्यटक पुल केन्द्रित हुँदा पार्क सुनसान देखिएको छ । प्रतिव्यक्ति ५० रुपैयाँ तिरेर उद्यान अवलोकन गर्ने पर्यटक निःशुल्क पुलको अवलोकन गरेर फर्कन थालेका छन् ।

वर्षातको समयमा बढ्दै गएको कर्णाली नदीको बहावसँगै नदीले बनाएका फाँटको अवलोकन तथा फोटो, भिडियो खिच्ने पर्यटकले भरिभराउ हुन थालेको छ । अझै सार्वजनिक बिदाको दिन पुलको अवलोकन गर्न हजारौँ आउने गरेका छन् ।