अत्तरिया – प्रहरीले कैलालीको गौरीगंगा नगरपालिकाबाट अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।


जिल्ला अदालत कैलालीले अपहरण÷बन्धक मुद्दामा ६ वर्ष कैद सजाय तोकेका गौरीगंगा नगरपालिका – ३ कुचैनीका ३३ वर्षीय जित बहादुर चौधरी पक्राउ परेका हुन ।
उनलाई इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले आइतबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

















