डोटी – डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको निधन भएको छ । प्रहरी चौकीअगाडिको इन्ट्री पोस्टमा ड्युटीमा रहेका बेला अचानक पेट दुखेका उनको उपचारका क्रममा निधन भएको हो ।

उनलाइ सुरुमा जिल्ला अस्पताल डोटी लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि अत्तरिया अस्पतालमा ल्याइएका उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

उनी कञ्चनपुरको वडा प्रहरी कार्यालय महेन्द्रनगरमा दरबन्दी भई हाल डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी थिए । डडेल्धुराको जोगबुडा घर भएका उनी यहीँ महिनाको २७ गते राति अचानक पेट दुखेर बिरामी परेका थिए । मृत्युको कारण भने पोस्टमार्टमबाट खुल्ने प्रहरीको भनाई छ ।

















