खाेज्नुहाेस

श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापन

Image
navjiwan hospital

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदस्थापन गरिएको छ । संस्थाको छैटौँ साधारण सभाबाट निर्वाचित भएका पदाधिकारीहरुलाई शुक्रबार एक औपचारीक कार्यक्रमको आयोजना गरि सपथ ग्रहण तथा पदस्थापन गराईएको हो ।

साधारण सभाबाट संस्थाको अध्यक्षमा डिल्लीराज भट्ट, उपाध्यक्षमा नन्दादेवी साउँद, सचिवमा कृष्ण लुहार, कोषाध्यक्षमा खुसिराम चौधरी र सहसचिवमा श्याम बहादुर साउँद निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै सदस्यहरुमा बिरेन्द्र बोगटी, नन्दा साउँद, बालाजी थापा र देबी कठायत पनि निर्विरोध निर्वाचित भएका थिए । उनिहरुलाई शुक्रबार निर्वाचन समिति संयोजक अधिवक्ता शेर बहादुर बिष्टले सपथ खुवाएका हुन । संस्थाका निर्वतमान अध्यक्ष दिर्घ बहादुर साउँदले नवनिर्वाचित अध्यक्ष भट्टलाई पदस्थापन गराएका थिए ।

attariya hospital