खाेज्नुहाेस

अत्तरियामा प्रयाङ्क भिडियोका नाममा स्थानियलाई त्रसित पार्ने थापालाई प्रहरीले सम्झाई बुझाई छोड्यो

Image

अत्तरिया– अत्तरिया बजारमा प्रयाङ्क भिडियोका नाममा स्थानियलाई त्रसित पारेको भन्दै नियन्त्रणमा लिईएका एक जनालाई प्रहरीले सम्झाई बुझाई गरी छोडेको छ । विगतदेखी अत्तरिया बजारमा प्रयाङ्क भिडियो बनाउदै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका – ९ सुन्दरपुर घर भई तहाल तेघरी ब्यारेकमा प्युठ पदमा कार्यरत योगेश थापालाई प्रहरीले सम्झाई बुझाई गरी छोडेको हो ।

navjiwan hospital

ईलाका प्रहरी कार्यालय मालाखेती प्रहरी नायब उपरिक्षक डिएसपी हिरा सिँ महराले अब देखी प्रयाङ्क भिडियोमा नाममा स्थानियलाई त्रसित पार्ने काम नगर्ने शर्तमा थापालाई सम्झाई बुझाई गरी छोडिएको बताए । उनले उनलाई अबदेखी त्यस्तो कार्य नगर्ने लिखित सम्झौतामा आफन्तको जिम्मा लगाईएको बताए ।

attariya hospital

थापाले अत्तरिया बजारमा प्रयाङ्क भिडियो भन्दै स्थानियलाई त्रसित पार्ने काम गर्दै आएका थिए ।