खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघ निर्वाचन : चुनावी प्रचार प्रसारमा कडायत प्यानल

Image

अत्तरिया– अत्तरिया उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा प्यानल सहित होमिएका कमल कडायतको टिम चुनावी प्रचार प्रसारमा दौडिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्यानलसहित उम्मेदवारी घोषणा गरेको कडायत टिम बिहिबार देखी प्रचार प्रसारमा दौडिएको हो ।

navjiwan hospital

चुनावी प्रचार प्रसारका क्रममा आफूहरुले व्यापारीहरुको राम्रो साथ पाईरहेको अध्यक्षका उम्मेदवार कमल कडायतले बताए । उनले संस्थालाई निष्पक्ष, पारदर्शी र मजबुत बनाउनका लागि व्यवसायीहरुले आफ्नो प्यानललाई नै भोट दिने दाबी गरे ।

attariya hospital

बिहिबार गेटा, लालपुर, स्याउले हुदै बसन्तपुर र बनखेतमा प्रचार प्रसारमा गएको कडायत प्यानलले शुक्रबार अत्तरिया बजारका व्यवसायीहरुसँग मत मागिरहेको हो ।

यसैबिच प्रचार प्रसारका क्रममा अपरिचित एक व्यक्ति मुखमा कालो पट्टी बाँधेर अत्तरिया उद्योग वाणिज्य संघको नाममा भोट मागिरहेका छन् । ति व्यक्ति ‘सेफ ल्याण्डिङदेखी सावधान, नक्कली ठेली फेरी नदोहोरियोस्’ लेखेको ब्यानर बोकेर व्यवसायीहरुका पसल पसलमा धाउन थालेका छन् । उनले आफूले संघको गरिमा जोगाउने टिमलाई मतदान गर्नका लागि मत मागिरहेको बताए । उनले विगतको जस्तो परिस्थिति दोहोरिन नदिनका लागि अहिले नै सोचेर मतदान गर्न आफूले व्यवसायीहरुलाई आग्रह गरिरहेको बताए ।