खाेज्नुहाेस

धनगढीमा जेनजी आन्दोलनका क्रममा चोरी भएको सरकारी स्कार्पियो सहित एक जना पक्राउ

Image

धनगढी – कैलालीमा जेनजी आन्दोलनका क्रममा लुटिएको सरकारी स्कारपियो गाडी स्वरूप परिवर्तन गरिएको अवस्थामा बरामद गरिएको छ । घोडाघोडी नगरपालिका–२ का अर्जुन कार्कीले स्कारपियो गाडीको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा पक्राउ परेका हुन ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार जेनजी आन्दोलनका क्रममा धनगढी उपमहानगरपालिका–४ स्थितबाट करिब ४७५ जनाको समूहले सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डिनको कार्यालयको बा २ झ २८५९ नम्बरको सरकारी स्कारपियो लुटेर लगेका थिए ।

attariya hospital

घटनापछि प्रहरीले गाडीको खोजतलासलाई तीव्र बनाएको थियो । सोही क्रममा २०८२ असार ८ गते घोडाघोडी नगरपालिका–२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योगबाट उक्त स्कारपियो स्वरूप परिवर्तन गरिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कार्कीलाई पक्राउ गरेको छ । उनीविरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।