खाेज्नुहाेस

कैलालीमा सामुदायिक वनबाट भरुवा बन्दुक बरामद

Image
file photo

धनगढी – कैलालीको कैलारी गाउँपालिका–५ स्थित पवेरा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक बरामद गरेको छ।

navjiwan hospital

बुधबार बेलुका गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा एकनाले भरुवा बन्दुक फेला पारी बरामद गरेको हो।

attariya hospital

बरामद गरिएको बन्दुक कसले र किन वन क्षेत्रमा लुकाएको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।