टीकापुर – टीकापुर अस्पतालका प्रयोगशाला इञ्चार्ज उमेश बजगाई माथि कुटपिट भएको छ । मंगलबार दिउँसो फिजियोथेरापिष्ट अनिल तिवारीले आफूमाथि तिवारीले कुटपिट गरेको बताएका छन ।
‘म काममा लागि प्रशासनमा गएको थिए, एक्कासी आएर उहाँले ममाथि कुटपिट गर्नुभयो,’ बजगाईले भने, ‘मैले कारवाहीका लागि अस्पताल प्रशासनमा निवेदन दिएको छु ।’

बजगाईमाथि कुटपिट गरेको आरोप लागेका तिवारी भने कार्यालयमा भइरहेको अनिमितताको विषयमा कुरा गर्दा गाली—गलौज गरेपछि प्रतिक्रिया दिएको दावी गरे ।

‘प्रयोगशालामा भएको अनियमितताको विषयमा प्रशासनसँग कुरा गएको थिएँ । एक्कासी गाली गलौंज गरेपछि मैले प्रतिक्रिया जनाएको हुँ ।’ तिवारीले विदा दिन पनि प्रयोगशाला चलाएको देखाएर भत्ता खाने गरेको, रिएजेन्ट महंगोमा खरिद गर्ने गरेको आरोप पनि बजगाईमाथि लगाए ।
टिकापुर अस्पताल प्रशासनले प्रयोगशाला प्रमुखले कुटपिट निवेदन दिएपछि त्यसबारेमा सिसिटीभी फुटेजसहित आवश्यक अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई परिपत्र गरिसकेको छ ।
सिसिटीभी फुटेजमा प्रयोगशाला प्रमुख बजगाईलाई तिवारी दौडिएर आएर कुटपिट गरेको देखिन्छ । लगतै, बजगाईले पनि तिवारीमाथि खुट्टाले प्रहार गरेको देखिन्छ । त्यसपछि अन्य कर्मचारीहरुले दुवै जनालाई छुट्याएका थिए ।

















