खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनका लागि कडायत नेतृत्वको टिम घोषणा

Image

अत्तरिया– यही असार २८ गते हुने अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनका लागि कमल कडायत नेतृत्वको टिम घोषणा भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनका लागि कडायतले आफू नेतृत्वको टिम घोषणा गरेका हुन ।

navjiwan hospital

घोषणा गरिएको कडायत नेतृत्वको टिमको बरिष्ठ उपाध्यक्षमा धना देवी चोखाल, वाणिज्य उपाध्यक्षमा गणेश बोगटी, बस्तुगत उपाध्यक्षमा बासुदेव पन्त, महासचिवमा गम्भीर साउँद, कोषाध्यक्षमा बालकृष्ण ओझा र सचिवमा धिरेन्द्र बोहरा रहेका छन् । त्यस्तै सदस्यहरुमा शेखर पनेरु, डिल्लीराज ओझा, चन्द्र सिँ धामी र घनश्याम जोशी रहेका छन् । संघमा हाल १ हजार २४ सदस्य आबद्ध रहेका छन् ।

attariya hospital

टिम घोषणाका क्रममा बोल्दै अध्यक्षका उम्मेदवार कमल कडायतले आफ्नो टिम विशूद्ध रुपमा व्यवसायीहरुको टिम भएको बताए । उनले आफ्नो टिमले व्यवसायीक हकहितका विषयलाई समेटेर मात्रै चुनावमा होमिएको बताए । अत्तरिया उद्योग वाणिज्य संघलाई माथी उकास्नका लागि मात्रै आफूहरु निर्वाचनमा होमिनुपरेको उनको भनाई छ ।

कडायत समुहले निर्वाचन पश्चात आफूहरुले गर्ने विशेष योजनाहरु समेत अघि सारेको छ । जसमा व्यवसायीक हक हितको लागि कानुनी तथा प्रशासनिक समस्याहरुका लागि विशेष पहल गरिने, विपद् व्यवस्थापन कोषको स्थापना र सञ्चालन गरिने, व्यवसायीक बिमा, उर्जाशिल युवा व्यवसायीहरुको सहजतकर्ताको रुपमा पहल गर्ने, अत्तरिया उद्योग वाणिज्य संघको विद्यान व्यवसायीहरुको चाहनाअनुसार संसोधन र परिमार्जन गर्ने लगायत रहेका छन् ।