खाेज्नुहाेस

अत्तरियाको सृजनशील सडकको अवरोध हट्यो

Image

अत्तरिया – एक साता देखि बन्द रहेको अत्तरियाको सबैभन्दा पुरानो सृजनशील रोड (सडक) को अवरोध हटेको छ । स्थानीयले सडक मर्मत गर्नुपर्ने माग गर्दै एक साता देखि आवतजावत बन्द गरेको सडक सोमबार देखि सुचारु भएको हो ।

सडकमा तत्कालको समस्या समाधानका लागि नगरपालिकाले ग्राभेल हालेर आगामी आर्थिक वर्षमा संघ सरकारबाटै बजेट विनियोजन गर्ने आश्वासन पछि सडकको अवरोध खुलाएको स्थानीय तिलक राज भण्डारीले बताए ।

attariya hospital
navjiwan hospital

उनले नगरपालिकाले सडकमा रहेका खाल्डा पुर्नको लागि ४ टिप्पर ग्राभेल हालिदिएको बताए । उनले यस क्षेत्रका सांसद खेम कोइरालाको सचिवालयबाट सडक मर्मतका लागि बजेटको सुनिश्चित गर्ने आश्वासन पाइएको बताए ।

अत्तरियाको महेन्द्रनगर रोड स्थिति वरपीपल गल्लीलाई धनगढी रोड सँग जोड्ने पुरानो रिङ रोड २७÷२८ वर्ष पहिले कालोपत्रे भएको भए पनि विगत ३÷४ वर्ष यता जीर्ण भए पनि मर्मत नभएको भन्दै स्थानीयले विरोध गर्दै सडक अवरोध गरेका थिए ।

करिब ७ सय मिटरको उक्त सडकमा हाल प्रदेश सरकारले १६२ मिटर सडक कालोपत्रेका लागि काम गरिरहेको भए पनि बाँकी सडक मर्मतको सुनिश्चितता नभएको भन्दै स्थानीय आन्दोलित भएका थिए ।