धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा स्थानीय १९ वर्षीय महेन्द्र रानालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट ३ ग्राम ६३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ।
पक्राउ परेका रानामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















