खाेज्नुहाेस

शिवनाथ पूर्ण संस्थागत सुत्केरीयुक्त पालिका घोषणा

Image

बैतडी – बैतडीको शिवनाथ गाउँपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको छ । पालिका पूर्ण संस्थागत सुत्केरीयुक्त हुन पालिकाभरीका ९० प्रतिशत गर्भवतीले नियमित गर्भजाँच गरेको, कम्तीमा ९५ प्रतिशतले स्वास्थ्य संस्थामै सुत्केरी गराएको हुनुपर्ने, घरमा हुने प्रसूति शून्य भएको हुनुपर्ने जस्ता मापदण्ड पुगाउनु पर्ने हुन्छ । यी सबै मापदण्ड पूरा गरेकाले पालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त घोषणा गरिएको हो ।

navjiwan hospital

शिवनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले पालिकाका सबै वडामा चार पटक गर्भ जाँच गर्नेको संख्या ९०.७ प्रतिशत, तालिम प्राप्त जनशक्तिबाट स्वास्थ्य संस्थामै सुत्केरी गराउनेको संख्या शतप्रतिशत रहेको बताए ।

attariya hospital

गाउँपालिकाकाभरीका सबै गर्भवतीले स्वास्थ्य संस्थामै गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेको सफलता कायम राख्न सबैले हातेमालो गर्नुपर्ने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । मातृ तथा नवजात शिशुको मृत्यु दर शून्य बनाएर समग्र स्वास्थ्य अवस्था सुधार गर्न प्रयास भइरहेको उनले बताए ।