खाेज्नुहाेस

बैतडीका चन्द मृत्यु भएको घटनाका फरार चालक गोदावरीबाट पक्राउ

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भएको सवारी दुर्घटनापछि फरार चालक पक्राउ परेका छन । आइतबार राती भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका कारका चालक भारतको उत्तर प्रदेश, वाराणसी बस्ने ४२ वर्षीय अश्वनी कुमार सिंह पक्राउ परेका हुन । उनलाई गोदावरी नगरपालिका ६ लालपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका १ गजकोटका ४८ वर्षीय पदम चन्दको मृत्यु भएको थियो ।

attariya hospital

धनगढी चौराहाबाट अत्तरियातर्फ आउँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका चन्दलाई तत्काल उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक गौतम ऐरको भने धनगढीकै सीपी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।
पक्राउ परेका चालकमाथि हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।