खाेज्नुहाेस

एमनेस्टी ईन्टरनेशनल नेपाल समूह–७१ को अध्यक्षमा अत्तरियाका दाहाल निर्वाचित

Image

अत्तरिया – एमनेस्टी ईन्टरनेशनल नेपाल समूह –७१ को अध्यक्षमा अत्तरियाका मनोज दाहाल निर्विरोध निर्वाचित भएका छन् । अत्तरियाका सम्पन्न एमनेस्टी ईन्टरनेशनल नेपाल समूह –७१ आठौँ अधिवेशन सभाबाट दाहाल अध्यक्षमा निर्वाचित भएका हुन ।

navjiwan hospital

अधिकारकर्मी अध्यक्षमा दुई दशक देखि मानवअधिकार सामाजिक न्याय, रूपान्तरण, युवा सशक्तीकरण, हक अधिकार एवं सामाजिक विकासका क्षेत्रमा क्रियाशील छन् । युवा दाहाल, समाज रूपान्तरण सँगसँगै व्यवसायमा पनि सक्रिय भएर काम गर्दै आइरहेका छन् । अध्यक्षमा निर्वाचित दाहालले युवाले नै समाज परिवर्तन गर्नुपर्छ सक्रियताका साथ समाज परिवर्तन गर्न लाग्नुपर्छ बताए ।

attariya hospital

‘मानव अधिकारको सवालमा हाम्रो संविधानमा लेखिएका थुप्रै मानव अधिकारका बुँदाहरू अझै पनि धेरै व्यक्तिहरूले पाएका छैनन् मानव अधिकारको अझै पनि सुनिश्चित हुन सकेको छैन’ उनले भने ‘मानव अधिकारको सवालमा हामी सधैँ आफ्नो आवाज उठाइरहनेछौँ ।’