धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका– ६ मटियारीका १३ वर्षीय एक बालक सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय जगत कुवरका छोरा रिदम कुवर असार २० गते बिहान करिब ६ बजे विद्यालय जान्छु भन्दै घरबाट निस्किएका थिए ।

त्यसयता उनी घर नफर्किएपछि परिवारले आफन्त तथा सम्भावित स्थानहरूमा खोजतलास गर्दा पनि कुनै सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिदमको वर्ण गहुँगोरो, उचाइ करिब ४ फिट र छोटो कालो कपाल रहेको छ ।

बालकको खोजी कार्य जारी रहेको जनाउँदै प्रहरीले उनको बारेमा कुनै जानकारी वा सम्पर्कमा आए नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय कैलालीमा तत्काल खबर गरिदिन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

















