खाेज्नुहाेस

गाउँ–गाउँ र घर–घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा सुदूरपश्चिमका मुख्यमन्त्रीको जोड

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गाउँ–गाउँ र घर–घरमा स्वास्थ्य सेवा पु-याउनुपर्नेमा जोड दिएका छन । शनिबार धनगढीमा आयोजित द लास्ट माइल हेल्थ समिट–२०८३ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले प्रदेश सरकार गाउँ–गाउँ र घर–घरमा स्वास्थ्य सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताए ।

उनले आफू मुख्यमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिमका पाँच वटा आधारभूत अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषय नीति तथा कार्यक्रममा समेटिएको उल्लेख गरे । तीमध्ये दुई वटा अस्पतालले मापदण्ड पूरा गरी प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति भइसकेको र बाँकी तीन वटालाई मापदण्ड पूरा गराई विशेषज्ञ सेवा प्रवाह गर्ने तयारीमा सरकार रहेको बताए ।

attariya hospital

कार्यक्रममा मुख्यमन्त्री शाहले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेटमा कैलालीको टिकापुर, सेती र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी १०० शैयाको बनाउने तथा जिल्ला अस्पतालहरूलाई २५–५० शैयामा स्तरोन्नति गर्ने योजना समेटिएको जानकारी दिए । साथै, प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवाको विस्तारका लागि प्रक्रिया अगाडि बढाइएको पनि उनले बताए ।

navjiwan hospital

उनले बिरामीको चाप र जनताको आवश्यकतालाई मध्यनजर गर्दै सूचना तथा प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा प्रभावकारी बनाइने उल्लेख गरे । यद्यपि स्रोत–साधनको अभावका कारण केही कामहरू अपेक्षित रूपमा अगाडि बढ्न नसकेको पनि उनको भनाइ छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले प्रस्तुतीकरण गर्दै प्रदेशमा सञ्चालित डिजिटल स्वास्थ्य प्रणालीबारे जानकारी दिए । उनले २० वटा नगरपालिकामा स्मार्ट हेल्थ किट, अछाम जिल्लाका पालिकाहरूमा Nyaya Health Nepal/Possible Community Health Programme, प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा Electronic Health Records, साथै प्रदेशमा Medic Mobile / Health Dashboard सञ्चालनमा रहेका छन् ।

प्रस्तुतीकरणका क्रममै आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा Digital Health का सन्दर्भमा सामाजिक विकास मन्त्रालयले ‘स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति’ भन्ने नारा सहित विशेषज्ञ चिकित्सा सेवाको पहुँच बढाउन टेलिहेल्प कार्यक्रम संचालन गर्दै प्रदेश मातहतका अस्पतालहरूमा इलेक्टोनिक मेडिकल रेकर्ड प्रणालीको वप बिस्तार र व्यवस्थापनलाई समेटिएको जानकारी दिए । उनले ग्रामिण समुदायको बिशेषज्ञ चिकित्सा सेवासंगको पहुँच बढाउन स्वास्थ्य क्षेत्रमा डिजिटलाईजेसन (स्वास्थ्यको एकिकृत ड्यास बोर्ड, इलेक्ट्रोनिक परिवार स्वास्थ्य प्रोफाईल, टेलिमेडिसिन, जी.आ.ई. एस. कोडिंग लगायत) लाई थप विस्तार र सुदृढीकरण गर्दै प्रदेश मातहतका अस्पतालहरूमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको थप विस्तार र व्यवस्थापन गर्न आवश्यक बजेटको प्रवन्ध प्रदेश सरकारले गरेको बताए ।

बाजुराको बुढीनन्दा, बडिमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिका तथा Smart Health Global को संयुक्त आयोजनामा धनगढीमा उक्त समिट आयोजना गरिएको हो । समिटमा बाजुराका चार पालिकाका जनतासँग डिजिटल स्वास्थ्य सेवा प्रवाहका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिममा स्वास्थ्य समस्या केवल रोगमा मात्र सीमित नभई दूरी, बाटो, समय र पहुँचसँग पनि जोडिएको विषय औंल्याइएको थियो ।

बडिमालिका नगरपालिका, बाजुराका नगरप्रमुख अमर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।