अत्तरिया – कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन् । कैलाली जिल्ला अदालतले २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका कैलालीको टीकापुर नगरपालिका – १ बनगाउँका ४५ वर्षीय धनबहादुर घर्ती मगर पक्राउ परेका हुन ।

उनी २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए ।


उनलाई आफ्नै घराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















