बेलौरी – कञ्चनपुरको बेलौरीमा खोलामा बगेर एक किशोरी बेपत्ता भएकी छिन । बिहीबार साँझ रोपाइँ सकेर बेलौरी नगरपालिका – ९ कालिकावस्ती स्थित झरना खोलामा पौडी खेल्न गएकी स्थानीय अन्दाजी १५ वर्षीय गरिमा तिरुवा बेपत्ता भएकी हुन ।


त्यसपछि नेपाल प्रहरी ,सशस्त्र प्रहरी सङ्गै स्थानीयहरू साझैदेखि उनको खोजी कार्यमा जुटेका थिए । इलाका प्रहरी बेलडाँडीका अनुसार हिजो राती ९ बजेसम्म खोजी गरिदा बेपत्ता किशोरीको कुनै पत्ता लागेको थिएन । त्यसपछि राती खोजी कार्य रोकिएको थियो।
हिजो राती रोकिएको खोजी कार्य शुक्रवार बिहानै देखि सुरु भएको प्रहरीले जनाएको छ । अहिले झरना खोला देखि खोजी गर्दै आएको प्रहरी ,सशस्त्र प्रहरी सहित स्थानीयको टोली बेलडाडी गाउँपालिका ३ कमरीमा खोजी गर्दै पुग्दा समेत बेपत्ता किशोरी भेटिएकी छैनन् ।




















