खाेज्नुहाेस

गोदावरी नगरपालिकाले निःशुल्क घाँसको बेर्ना वितरण गर्ने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानहरूलाई निःशुल्क रूपमा वर्षे तथा बहुवर्षीय घाँसको बिरुवा तथा बेर्ना वितरण गर्ने भएको छ ।

नगरपालिकाको पशु सेवा शाखाले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत असार १९ गतेदेखि नगर क्षेत्रभित्रका विभिन्न पशुपन्छी उपचार केन्द्रमार्फत घाँसको बिरुवा तथा बेर्ना निःशुल्क वितरण गरिनेछ ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

वितरण गरिने घाँसका प्रजातिमा अम्रीस्रो, सुपर नेपियर, रेड नेपियर, बडहर, बास रायजिङ, किम्बु र टंकी रहेका छन् ।

नगरपालिकाले उक्त घाँसको बेर्ना अत्तरिया, गेटा, जमुनानगर, हाटखोली, सहेली, खमौरा तथा ओलानीस्थित पशुपन्छी उपचार केन्द्रबाट वितरण गरिने जनाएको छ ।

बिरुवा लिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने जनाइएको छ । सूचना अनुसार अनुदान प्राप्त गर्नेमा कृषक, फार्म सञ्चालक तथा समूह वा समितिका पदाधिकारीहरू उपस्थिति हुनुपर्ने छ ।