काठमाडौँ – सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुबाहक बस कर्णाली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार क.प्र.०२-००१ख १०५५ नम्बरको मिनी बस बिहीबार बिहान साढे ११ बजे चामुन्डाबिन्द्रासैनि नगरपालिका-७ स्थित कर्णाली नदीमा खसेको हो।


कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले खसेकामध्ये १ जना शव फेला परेको बताए। अन्य १३ जना बेपत्ता रहेको प्रहरीको प्रारम्भिक आँकलन छ। “होटलमा खाना खान झर्दा उक्त बसमा १४ जना रहेको बुझिएको छ,” उनले भने।
बेपत्ताहरूको खोजीको लागि प्रहरी घटनास्थलमा पुगेको छ।


















