खाेज्नुहाेस

मनसुनी वायुको प्रभावले देशभर वर्षा

Image

काठमाडौं – मनसुनी वायुको प्रभावले देशभर वर्षा सुरु भएको छ । मंगलवारबाट देशभर मनसुन फैलिएको भोलिपल्ट बुधवारदेखि अधिकांश स्थानमा वर्षा भैरहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको थियो ।

navjiwan hospital

मौसमविद् विभूति पोखरेलले आज पनि देशभरका केही स्थानमा भारीदेखि मध्यमखालको वर्षा हुने जानकारी दिए ।

godawari nagarpalika dadhelo
attariya hospital

मौसमविद्ले मनसुनी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाउँदै आवश्यकताअनुसार मौसमसम्बन्धी सूचना र पूर्वानुमानको आधारमा मात्र आफ्नो योजना बनाउन र घर छाडेर बाहिर जान आग्रह गरेका छन् । साथै सर्वसाधारण तथा सरोकारवाला निकायलाई मौसम विज्ञान विभागले जारी गर्ने ‘तीन दिने मौसम बुलेटिन’ नियमित रूपमा हेर्न र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन आग्रह गरेको छ ।