धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिना हेलमेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक खाताबाट सार्वजनिक गरेको भिडियोमा मुख्यमन्त्री शाह सरकारी निवास परिसरमा बुलेट मोटरसाइकल चलाइरहेको देखिन्छ । भिडियो ‘माननीय मुख्यमन्त्रीज्यू’ शीर्षकसहित पोस्ट गरिएको थियो ।


भिडियो सार्वजनिक भएपछि मुख्यमन्त्रीले हेलमेट नलगाई मोटरसाइकल चलाएको, दिनभर बैसाखीको सहारामा हिँड्ने मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्यले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न गरेको छ ।

















