खाेज्नुहाेस

मार्तडी–कोल्टी सडकको २० करोड रकम फिर्ता हुँदै

Image

बाजुरा – बाजुराको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत ढम्कने–कोल्टी खण्डमा कालोपत्रेको काम अलपत्र परेको छ । निर्माण कम्पनीले काम नगर्दा चालु आर्थिक वर्षको २० करोड रकम फिर्ता हुन लागेको छ । पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाका अनुसार निर्माण कम्पनीले समयमै काम नगरेपछि धरौटी वापतको ३ करोड ६ लाख रुपैयाँ बैंकबाट तानिसकिएको छ भने १२ करोड रुपैयाँ असुलीका लागि राष्ट्र बैंकलाई पत्राचार गरिएको छ ।

सडक निर्माणको जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले यो आर्थिक वर्षको अन्त्यसम्म पनि बाँकी काम नगरेपछि २० करोड रुपैयाँ फिर्ता हुन लागेको हो । यो वर्ष मात्र नभई अघिल्ला वर्षमा पनि समयमै काम नगर्दा बजेट फिर्ता पठाउने काम भइरहेको कार्यालयले वताएको छ । गत आर्थिक वर्षमा यो सडकका लागि १५ करोड बजेट थियो । ठेकेदारले काम नगर्दा १३ करोड ५० लाख बढी रकम फिर्ता भएको थियो ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

आर्थिक वर्ष २७६÷०७७ मा (२०७७ असार) २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले ढम्कनेदेखि चुथीसम्म ६ किलोमिटर र चुथीदेखि कोल्टीसम्म २६ किलोमिटरको ठेक्का लिएको थियो । चुथीदेखि ढम्कनेसम्मको सडक निर्माणको २०७७ पहिला नै सम्झौता भएको थियो ।

चुथीदेखि कोल्टीसम्म २६ किलोमिटर सडक निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ को असारमा सम्झौता गरेको थियो । ३ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो । ३ वर्षमा काम नसकेपछि कार्यालयले पटकपटक म्याद थप गरेको थियो । म्याद थप गरे पनि चालु आर्थिक वर्षको अन्त्यसम्म ठेकेदारले काम सुरु गरेको छैन् । काम नहुने भएपछि रकम फिर्ता हुन लागेको पूर्वाधार कार्यालय अछामले बताएको छ ।

कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोड रुपैयाँको टेन्डर आह्वान गरेको थियो । पीएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाख रुपैयाँमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ ।