खाेज्नुहाेस

पूर्व डिआइजी अर्जुन चन्दको निधन

Image

बैतडी – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको निधन भएको छ । बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्डा घर भएका चन्द हाल ललितपुर महानगरपालिका–१८, नख्खु सिर्जनामार्गमा बस्दै आएका थिए । चन्दको बुधबार बिहान उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।

navjiwan hospital

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीका अनुसार चन्द असार ५ गते एक्कासी घरमै लडेर घाइते भएका थिए । तत्काल अस्पताल पु-याई उपचार गरिएपछि सोही दिन उनलाई डिस्चार्ज गरिएको थियो । तर असार १० गते पुनः स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई फेरि अस्पतालमा भर्ना गरिएको थियो ।

godawari nagarpalika dadhelo
attariya hospital

आईसीयूमा उपचाररत रहेका पूर्वडिआइजी चन्दको बुधबार बिहान ६ बजेर ५५ मिनेटमा निधन भएको प्रहरीले जनाएको छ । चन्दको निधनप्रति नेपाल प्रहरी संगठनसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

चन्दले २०८१ मंसिरमा नेपाल प्रहरीबाट अवकाश प्राप्त गरेका थिए । पूर्व डिआइजी चन्दको निधनले उनको पुख्र्यौली गाउँ बुड्डा पनि शोकमा डुबेको छ ।