अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया स्थित न्यू सृजनशील युवा क्लबको अध्यक्षमा नरबहादुर राई पुनः सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न क्लबको चौथो साधारण सभा तथा अधिवेशनबाट राईको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शर्मानन्द भट्ट, सचिवमा तीर्थराज ओझा, सह–सचिवमा बिना बुढाथोकी र कोषाध्यक्षमा पूर्णमान खत्री चयन भएका छन् ।


त्यसैगरी सदस्यहरूमा विक्रम विष्ट, वरुण लामा, अनुप गुरुङ (सुरेन्द्र), विनोद मगर, रजत शाही र अनिश सिंह निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिले अधिवेशनकै दिन सपथ ग्रहणसँगै पदभार समेत ग्रहण गरेको छ ।
विस २०५४ सालमा स्थापना भएको न्यू सृजनशील युवा क्लबले स्थापना कालदेखि नै युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवद्र्धन तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

















