खाेज्नुहाेस

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धनका लागि प्रकृति पथप्रदर्शक तालिम सुरु

Image

धनगढी –  सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले युवा–युवतीलाई लक्षित गरी तीनदिने प्रकृति पथप्रदर्शक (नेचर गाइड) तालिम सुरु गरिएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा आयोजना गरेको तालिममा प्रदेशका विभिन्न जिल्लाका ४० जना युवा–युवती सहभागी छन्। तालिमको उद्देश्य पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्दै पर्यटकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ।

navjiwan hospital

नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले प्राकृतिक तथा धार्मिक पर्यटनको उच्च सम्भावना हुँदाहुँदै पनि दक्ष पथप्रदर्शक, गुणस्तरीय सेवा, सुरक्षित आवास र आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित संख्यामा पर्यटक भित्र्याउन नसकिएको बताए। उनका अनुसार तालिममार्फत पर्यटनसम्बन्धी आधारभूत ज्ञान, पर्यटकसँग गर्ने व्यवहार, आतिथ्यता सेवा, प्रकृति पथप्रदर्शन तथा पर्यटकको सुरक्षित व्यवस्थापनबारे प्रशिक्षण दिइनेछ।

attariya hospital

उनले यो आधारभूत प्रकृतिको तालिम भएकाले आगामी दिनमा लाइसेन्स प्राप्त गर्न सकिने स्तरको व्यावसायिक तालिम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह पनि गरे। यस्ता तालिमले पर्यटन सेवाको गुणस्तर सुधार गर्नुका साथै पर्यटकको बसाइ अवधि बढाउन र नयाँ गन्तव्यको प्रवर्द्धन गर्न सहयोग पुग्ने उनको विश्वास छ।